वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख : कांग्रेस सभापति देउवा

४ मंसिर २०७५, मंगलवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ ।
केन्द्रीय कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको दाबी गर्नुभयो ।
दुई तिहाईको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको बताउनुभयो ।
अधिनायवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै उहाँले प्रजातन्त्र संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिनुभयो  ।
यस्तै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेविसंघको म्याद दुई महिना थप्ने निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ ।
युवा नेता गगन थापाले लोकतन्त्रको संरक्षणमा सरकारको नियत र क्षमतामा नै प्रश्न उब्जिएकाले नियत र प्राप्त सफलताका बीच कांग्रेसले नयाँ बाटो कोर्न सक्नुपर्ने बताउनुभयो ।

Leave a Reply