जनप्रतिनिधिहरुले बेवास्ता गरेको भन्दै महिलाहरुले गाउँ पालिकामा अनिश्चितकालिन तालाबन्दी गरे

५ मंसिर २०७५, बुधबार

 

दीपेन्द्र बस्नेत बेलडाँडी , कञ्चनपुरको दक्षिणी सीमान्त बेलडाँडीमा बिपन्न समुदायको उत्थान र सेवा सुबिधामा जनप्रतिनिधिहरुले बेवास्ता गरेको भन्दै स्थानिय महिलाहरुको समुहले मंगलबार गाउँपालिका कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरे । स्थानिय जनप्रतिनिधिहरुले बिपन्न समुदाय महिला तथा जनजिविका संग सरोकार राख्ने मुद्दाहरु हल गर्ने सम्बन्धमा बेवास्ता गरेको भन्दै टोल टोल बाट संगठित सयौंको संख्या आएका महिलाहरुले गाउँपालिका प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन । बेलडाँडी आरक्ष पिडितको समस्या , छाडा चौपाया ब्यबस्थापन , बिधुत महशुल काउन्टर स्थापना , स्वास्थ्य संस्थामा डाक्टर , सिमसारको ब्यबस्थपन गरि कृषकहरुलाई राहत लगायतका समास्या समाधानमा बेवास्ता गरेको भन्दै गाउँ पालिकामा तालाबन्दी गरिएको महिला खबरदारी सञ्जालकी संयोजक शान्ति नाथले बताइन् । समस्या समाधानको निम्ति एक हप्ता अघि गाउँ पालिका प्रमुखलाई ज्ञापन पत्र बुझाइए पनि कुनै सुनुवाई नगरिए पछि तालाबन्दी गर्नु परेको सञ्जालकी संयोजक नाथले बताइन् । बेलडाँडी गाउँपालिकामा घाँस दाउरा जाँदा आरक्षका आर्मीहरुले महिलामाथी यौन हिंसा गर्दै आएको र यस्ता समस्याबाट महिलालाई सुरक्षित बनाउने दिशा तर्फ स्थानीय जनप्रतिनिधि मौन रहेको उनले बताइन् । पटकपटक महिला र बिपन्न समुदायको उत्थानका लागि कार्यक्रम संचालनको आग्रह गरिए पनि जनप्रतिनिधिको उदासिनता बढ्दै गए पछि गाउँपालिकामा तालाबन्दी गर्नु परेको प्रदर्शनमा सहभागी महिलाहरुले बताएका छन् । बेलडाँडी गाउँ पालिकाका जनप्रतिनिधिहरुले गर्दै आएको उपेक्षा र मनोमानीका विरुद्ध महिला खबरदारी सञ्जालले सोमबार पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । स्वास्थ्य संस्थामा रहेको एम्बुलेन्समा मनोमानी भाडा दर कायम गरि बिपन्न समुदायको ढाड भाँच्ने निर्णय गरेको समेत प्रदर्शनमा सहभागी महिलाहरुले बताएका छन ।

Leave a Reply