नेविसंघ पोखरा ईन्जिनियरिंग कलेजमा नवआगन्तुक विधार्थीलाई स्वागत

५ मंसिर २०७५, बुधबार

नेपाल विधार्थी संघ पोखरा ईन्जिनियरिंग कलेजमा नवआगन्तुक विधार्थीलाइ स्वागत, चियापान तथा ब्याच कमिटि गठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा  नेपालि कांग्रेस कास्कि जिल्ला सभापति कृष्ण  केसिले विपिको विचारलाई आत्मसाथ गर्दै ठुलो प्राविधिक होइन असल प्राविधिक बन्नको निम्ति प्रेरित गर्दै शुभकामना दिनुभएको थियो  । नेपाल विधार्थी संघ केन्द्रिय सदस्य भानु ढकालले हरेक परिस्थितिमा नेविसंघ पेकलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे।   नेपाल विधार्थी संघ पोखरा ई. कलेज मुल इकाइ समितिका सभापति मनोज गिरीको सभापत्तित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नयॉं आगन्तुक विधार्थीहरूलाई पढाईका साथै राजनितिक भविष्यलाई ढुक्कका साथ अगाडि बढ्न आह्वान गर्दै गिरीले प्रत्येक क्षणमा सहयोग गर्न नेविसंघ पेक तत्पर रहेको भन्दै उज्ज्वल भविष्यको शुभकामना दिए। कार्यक्रममा दोश्रो, तेश्रो र चौथो वर्षको व्याच कमिटि समेत गठन भएको थियो। उक्त कार्यक्रममा नेविसंघ पेकका उपसभापति निरोज लामिछानेले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम सन्चालन सचिव टेनिश श्रेष्ठ ले गरेका थिए ।

Leave a Reply