कम्युनिष्टहरुबाट लोकतन्त्र खतरामा’: कांग्रेस सभापति देउवा

५ मंसिर २०७५, बुधबार

काठमाडौं ,प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुबाट लोकतन्त्र खतरामा रहेको बताएका छन ।
बुधबार राजधानीमा नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको २९औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले नेपालका कम्युनिस्टहरूबाट लोकतन्त्र खतरामा रहेको भन्दै लोकतन्त्र जोगाउन तयार रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
‘कम्युनिष्टहरुबाट लोकतन्त्र माथी खतरा छ, चुनौती जतिबेला पनि आउन सक्छ, खतराबाट जोगाउन सबै एक भएर बसौं,’ देउवाले भने ।
आफ्नै दलको नेतृत्वमा पञ्चायतलाई ढालिएको, राजालाई हटाइएको र प्रजातन्त्र स्थापना गरिएकाले कांग्रेससँग लोकतन्त्रको रक्षाका लागि जस्तो सुकै शक्तिसँग पनि लड्न सक्ने क्षमता रहेको जनाए ।
लोकतन्त्रको रक्षाका लागि न्यायालय, प्रशासनिक संयन्त्र, नेपाल प्रहरी र नेपाली सेनालाई पनि कटिबद्ध हुन उनले आग्रह गरेका हुन ।

Leave a Reply