नेबि संघद्वरा पोखरा इ. कलेजमा अनिश्चितकालिन ताला बन्दी

८ मंसिर २०७५, शनिबार

पोखरा इ. कलेज फिर्के पोखरा ८ मा ताला बन्दी भएको छ। नेबि संघले लामो समय देखी विद्यार्थीको हक हितका साथै student welfare council (SwC) को चुनाव माग गर्दै आयता पनि कलेज प्रशासन ले बेवास्ता गरेको कारण ले अनिश्चित कालिन ताला बन्दी गरेको छ। कलेज मा रहेका विभिन्न संगठनका का कार्यक्रम मा पनि भेदभाव पुर्ण शैली अपनाउदै आएकोले कलेज को भेदभाब पुर्ण शैली को बिरोध गर्दै ताला बन्दी गर्न बाध्य भएको नेबि संघ पेक उपसभापति निरोज लमिछानेले बताए । नेबि संघ पेक मुल इकाईका सभापती मनोज गिरि को हस्ताक्षर मा जारी बिज्ञप्तिमा पटक पटक SWC को बैठक बोलाइए पनि विभिन्न कारण देखाइ बैठकले कुनै पनि निर्णय लिन नसक्नु अत्यन्तै चिन्ताजनक विषय बनेको बताए । नेबि संघ पेकका साथीहरु नम्रशैली मा आफ्ना जायज मागहरु लिएर कलेज प्रशासनमा जादा कलेज प्रशासक ले धम्किपुर्ण शैलीमा चेतावनी समेत दियकोले नेबि संघ पेक आन्दोलनमा उत्रनुपरेको सभापति गिरिले बताए । यो आन्दोलनलाई बेवास्ता गरि कलेज प्रशासनले लत्याउन खोजीयमा थप संघर्शपुर्ण तरिकाले अघि बड्न बाध्य हुने सचिब टेनिश श्रेष्ठले बताए ।

Leave a Reply