युबतीलाई जवरजस्ति सिन्दुर हाली पत्रकार एबं मानबअधिकारकर्मी गदाल बेपत्ता

११ मंसिर २०७५, मंगलवार

दमक । पत्रकार मंच दमकका अध्यक्ष एबं नेपाल मानब अधिकार संगठन झापाका  उपाध्यक्ष समेत रहेका  मनकुमार गदालले एक युवतीलाई जवरजस्ति सिन्दुर हाली  बेपत्ता भएका छन । गत मंसिर ८ गते शनिवार दमकस्थित स्टार एफ एमको आफ्नै कार्यकक्षमा झापा तोपगाछीकी २३ बर्षिया युवतीलाई जन्मदिनको उपहार दिन भन्दै शनिबार बिहान नौ बजे आफ्नै कार्यकक्षमा गदालले बोलाएका थिए । त्यसपछि गदालले युवतीलाई केहि समय त्यहि बस्न भनि बाहिर निश्किएर नजिकैको पसलमा सिन्दुर किनेर  आफ्नो कार्यकक्षमा पुगि युवतीलाई जवरजस्ति सिन्दुर लगाई दिएका थिए ।त्यस लगत्तै  गदालले युवतीको घरमा फोन गरेर तपाईहरुकी छोरीलाई मैले सिन्दुर लगाए छोरी हराइन भनेर नआत्तिनु होला भनेर फोन समेत गरेका थिए । पीडित युवतीले घटनाभए लगत्तै आफनो घर परिवारमा फोन गरेर आफुमाथि दुर्व्यवहार भएको जानकारी गराएकी थिईन भने सो घटनापछि गदाल लगत्तै भागेका थिए ।
घटन भएको केहि समयमा नै युवतीका आफन्तहरु स्टार एफ एममा आइपुगेका थिए । आक्रोशीत आफन्त तथा ति युवतीकी आमाले गदालको कार्यकक्षमा तोडफोड समेत गरेका थिए । गदाल विगत एक वर्ष अघिदेखि स्टार एफ् एमका स्टेशन म्यानेजरका रुपमा कार्यरत थिए ।

Leave a Reply