भरत पहारी विरुद्द ९८ लाख ९३ हजार रुपैयाको स्रोत नखुलेको भन्दै बिशेष अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको छ। उच्च अदालतका बरिष्ठ न्यायधीश बाबुराम रेग्मीको नेतृत्वमा न्यायधिशहरु रत्नबहादुर बागचन्द र चण्डिका ढकालको इजालसले करिब करोड रुपैँया जरिवाना र १० महिनाको कैद सजायको फैसला गरेको हो । केही समय अघि अख्तियार अकुत सम्पती कमाएको भन्दै २०७३ साउन २४ मा चार करोड रुपैयाँ भन्दा धेरैको विगो दाबी गर्दै विशेष अदालतमा उनी विरुद्ध मुद्धा दर्ता गरेको थियो ।
।
उनको श्रीमती विरुद्ध पनि अख्तियारले अकुत सम्पती कमाएको भन्दै मुद्धा दर्ता गरेको छ । अख्तियार पोखराले पनि उनी बिरूद्द छानबिन गर्न सहयोग गरेको थियो । उनी पोखरा महानगरका विज्ञ डाक्टर इन्जिनियर साथै पुल्चोक इन्जिनियर कलेजका तत्कालीन प्रध्यापक समेत रहेका थिए।