महासमिति बैठकमा क्षेत्रीय सभापतिहरुलाई अनिवार्य उपस्थित गराउनुपर्ने माग

१२ मंसिर २०७५, बुधबार

नेपाली काँग्रेस गण्डकी प्रदेशका क्षेत्रीय सभापतिहरुको भेला पोखरामा सम्पन्न भयो ।भेलाले ६ बुदेँ निर्णय  गरेको छ ।    जस अन्र्तगत  आगामी मंसिर २८ देखि हुने महासमिति बैठकमा क्षेत्रीय सभापतिहरुलाई अनिवार्य उपस्थित गराउनुपर्ने माग लाइ जोडदार रुपमा राखेका छन । त्यस्तै ,परिमार्जित विधानमा प्रतिनिधीसभातर्फका क्षेत्रीय सभापतिलाई केन्द्रकै महासमितिमा पदेन सदस्य बनाउनुपर्ने तथा प्रदेशसभातर्फका क्षेत्रीय सभापतिलाई प्रदेश महासमिति सदस्य हुने गरि ब्यवस्था गर्नुपर्ने, क्षेत्रीय सभापतिहरुलाई परिमार्जित संरचनामा काम गर्न समस्या भएकाले जतिसक्दो छिटो कामको बाँडफाँड गरिदिन  माग गर्ने निर्णय भेलाले  गरेको छ ।

त्यसैगरि , क्षेत्रीय सभापतिहरुको राष्ट्रिय सम्मेलन पोखरामा गर्न केन्द्रिय समितिसँग  माग गर्ने , काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरु जनसंख्याको आधारमा नभई क्रियाशिल सदस्यताका आधारमा तोकिनुपर्ने ब्यवस्था मिलाउन माग गर्ने  निर्णय गरेको भेलाका संयोजक बिजयराज आचार्यले जानकारी दिए । बर्तमान सरकारले  दुई तिहाईको दम्भमा संबिधान मिचेर जनहित विपरित काम गरिरहेको भन्दै भेलाले  सरकारको कामप्रति  भर्तसना समेत  गरेका छन् । कास्की क्षेत्र नं १ का सभापति बृजमान गुरुङको अध्यक्षतामा भएको भेलामा गण्डकी प्रदेशका साविक २३ वटै निर्वाचन क्षेत्रका सभापतिहरु सहभागि थिए ।

Leave a Reply