कास्की ल्वाङघलेलको होमस्टेमा १४ बर्षिया किशोरीमाथी हात र खुट्टा बाँधेर बलात्कार

१३ मंसिर २०७५, बिहीबार

कास्की  लैंगिक हिंसा बिरुद्धको १६दिने अभियान चलिरहेका बेला यता कास्कीको  ल्वाङघलेलमा १४ बर्षिया किशोरीमाथी  बलात्कार भएको छ । माछापुच्छ«े गाउँपालिका ८ ल्वाङको होमस्टेमा १४ बर्षिया किशोरीमाथी हात र  खुट्टा बाँधेर
बलात्कार भएको हो  । गत शनिबार किशोरी सुतिरहेको कोठामा पसेर बगरका २५ बर्षिय सुरज गुरुङले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।किशोरी बसेको कोठाको चुक्कल विग्रीएको थियो । रातको ९ बजे सुजन किशोरीको कोठामा गएर सँगै सुत्न आग्रह गरे । किशोरीले नमानेपछि सुजनले किशोरीको दुवै हात बाँधेर जर्वजस्ती गरेको अनुसन्धानबाट खुलेको छ ।
परिवारले किटानी जाहेरी दिएपछि सुरजलाई मंगलबार राती १० बजे पिएन क्यापसको माथिल्लो गेटबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका किशोरले भने सहमतिमै घटना भएको दावी गरेका छन् ।
अनुसन्धानपछि मात्रै घटनाको पूरा विवरण आउने कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

Leave a Reply