कांग्रेस जिल्ला सभापतिहरुले भेला आज ककनी घोषणा पत्र जारी गर्दै सकिने

१३ मंसिर २०७५, बिहीबार

नुवाकोटको ककनीमा भेला भएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले  आज कांग्रेस केन्द्रिय समितिको  विधानकाबारे छलफल गर्दे छन । विधानका विषयलाइ नै केन्द्रित गरेर कांग्रेसका जिल्ला सभापतिहरु भेलामा सहभागी भएका हुन ।  नेपाली कांग्रेसको विधान मस्यौदा समितिले विधानको मस्यौदाको प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । नुवाकोटको ककनीमा बुधबारबाट सुरु जिल्ला सभापतिहरुको भेलामा ६४ जिल्लाका सभापतिहरु सहभागी भएका छन । बुधबार सुरु भएको भेला बिहिबार ककनी घोषणा पत्र जारी गर्दै सकिने छ ।
सभापतिहरुले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा जिल्ला सभापतिहरुलाई विधानले दिएको अधिकार नेतृत्वले हस्तक्षेप गरेर खोसेको भन्दै नयाँ विधानमा अधिकार तोक्न माग गरेको छ ।  भेलाले पार्टी नेतृत्वलाई साझाा धारणा दिइने आयोजक जिल्ला नुवाकोटका सभापति जगदिशनरसिंह केसीले जानकारी दिए ।
कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले विधानमा देखिएका विवादका बारे पार्टी नेतृत्वलाई एक हुन भेलाले आग्रह गर्ने जनाए । उनले विधानमा एक प्रकारको पार्टी सदस्यता रहने गरि प्रस्ताव पार्टीले सच्याउनु पर्ने र दुई प्रकारका सदस्यताका विष्यमा एउटै आवाज दिइने जनाएका हुन । साधारण सदस्यता लिएको दुई वर्ष पछि प्रत्येक वर्ष नविकरण भए नभएको हेरेर र सदस्यको सक्रियता हेरेर पार्टीको सदस्यतालाई साधारणबाट क्रियाशिल बनाउन सकिने जनाए ।
भेलामा पार्टीको नयाँ संरचना अनुसारको तहको व्याख्या र अधिकार समेत तोक्न माग गरिएको छ । हाल कांग्रेसको विधान समितिले पार्टीलाई बुझाएको विधानको मस्यौदामा भने पार्टीको आठ तहको संरचना प्रस्तावित छ । बुधबारको छलफलमा बोल्ने अधिकांश जिल्ला सभापतिहरुले तल्लो तहसम्म अधिकार दिए मात्र पार्टी पहलिेको अवस्थामा पुग्ने धारणा राखेका थिए ।
भेलामा विधान समितिमा रहेका दुई जना जिल्ला सभापतिहरु ललितपुर सभापति मदन अमात्य र रोल्पा सभापति अमरसिंह पुनले विधानमा आएको प्रस्तावका बारे जिल्ला सभापतिहरुलाई प्रष्ट्याएका छन ।

Leave a Reply