पोखरामा सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ सुरु

१३ मंसिर २०७५, बिहीबार

 

पोखरा,  पोखरा उद्योग वाणिज्य संघको आयोजनामा   पोखरामा  सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ सुरु भएको छ । एक्सपोको  गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । प्रदेशलाई सम्वृद्ध बनाउने अभियानमा  निजी क्षेत्रले साथ दिनु पर्ने मुख्य मन्त्री गुरुङको भनाई थियो ।
,‘प्रदेश सरकार उद्योग स्थापना र संचालनको लागि वातावरण बनाउन तयार रहेको उल्लेख गर्दे ’ उनले   उद्योग व्यवसायको लागि सुरक्षाको प्रत्याभूति दिन, एकद्धार प्रणालीमार्फत उद्योग दर्ता गर्ने वातावरण बनाउन साथै नाफाको ग्यारेण्टी गर्न  प्रदेशसरकार तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सुशासनको कमी तथा तीन तहका सरकारबीच सामजश्यको अभावमा लगानीकर्ताहरु उत्साहित हुन नसकेको बताउनुभयो । राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा लिप्न हुने तथा घुस नखुवाई कामै नहुने परिपाटी अन्त्य नहुँदासम्म देशका आन्तरिक र बाह्य लगानी आकर्षित हुन नसक्ने उहाँको ठोकुवा थियो ।
उहाँले संघीय सरकारले प्रदेशबाट प्राप्त हुने राजश्वको आधारमा प्रदेशलाई बजेट हस्तान्तरण गर्ने भएकोले राजश्वको स्रोत बढाउन प्रदेश सरकारलाई सुझाव पनि दिनुभयो ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले २०३६ सालदेखि बन्द रहेको तनहुँको पालुङटार विमानस्थल संचालनमा आउन सके गण्डकी प्रदेशमा आउने पर्यटकको संख्यामा वृद्धि हुने बताउनुभयो । एक्सपोको मूख्य प्रायोजक लक्ष्मी समूहका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने एक्सपोले आर्थिक गतिविधी चलायमान हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मेला र महोत्सव आयोजनाको सुरुवात गर्ने पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको स्तर खस्कन नदिनेबारे सोच्न आयोजकलाई आग्रह गरे ।
समुद्घाटन सत्रको अगाडि संघको सचिवालयदेखि प्रदर्शनी स्थलसम्म प्रभातफेरीको पनि आयोजना गरिएको थियो । प्रभातफेरीमा उद्योगी÷व्यवसायीहरु सहित ५८ वटा आमा समूहको सहभागिता रहेको थियो ।  सहभागी आमा समुहमध्ये च्यूलीपार्चे तमु समाज, माटेपानी पहिलो, तेर्सापट्टी जल विनायक आमा समूह दोस्रो र दुर्गा भगवती  महिला समूह, श्रीधाराले तेस्रो स्थान प्राप्त गरे । उनीहरुले पुरस्कारस्वरुप  क्रमशः पाँच, तीन र दुई हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको मूल्याङ्कन समितिका संयोजक तथा संघका पूर्व उपाध्यक्ष ईश्वर कर्माचार्यले जानकारी दिए ।
मेलाको दोस्रो दिन शुक्रबारबाट विद्यालयस्तरीय एकल र सामूहिक नृत्य प्रतियोगिता, लोकगीत प्रतियोगिता, लोपोन्मुख साँस्कृतिक कार्यक्रमका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुने आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले  जानकारी दिए । उनले उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्सपो आयोजना गरिएको समेत दाबी गरे  ।  यसैगरी, पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र  पोखराको ब्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्नु पनि एक्सपोको उदेश्य भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिब अर्जुन पोखरेलले जानकारी दिए ।
एक्सपोमा पोखरा औद्योगिक क्षेत्रका उद्योगहरुका उत्पादन, मोवाइल र मोवाइलका सामानहरु, पर्यटन प्रवद्र्धनात्मक स्टल, मेड इन नेपाल पेभेलियन,  विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी,हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु, रेष्टुरेण्टहरुसहित ३ सय प्रदर्शनी कक्षहरु राखिएका छन् ।

Leave a Reply