काङ्ग्रेस जिल्ला सभापतिहरुको बैठक ३८ बुँदे घोषणा पत्र जारी गरी सम्पन

१३ मंसिर २०७५, बिहीबार

 

नुवाकोट, नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको ककनीमा भएको भेला ३८ बँुदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ ।

दुई दिने सो भेलाले पार्टीको प्रस्तावित विधान मस्यौदाबारे २४ र समसामयिक राजनीतिका विषयमा १४ वटा गरी ३८ बँुदे घोषणापत्र जारी गरी सम्पन्न भएको काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिनुभयो ।

घोषणापत्रमा पार्टीको जिल्ला, प्रदेश र सङ्घीय संसदीय बोर्डले क्रमशः स्थानीय, प्रदेश र सङ्घीय तहको उम्मेदवारको निर्धारण गर्ने, साधारण र क्रियाशील सदस्यता व्यवस्थित गर्ने, आरक्षितबाट मनोनित वा निर्वाचित एक पटकभन्दा हुन नपाउने लगायत बुँदाहरु समेटिएको छ ।

साधारण, क्रियाशील सदस्य रहने व्यवस्था भएको काङ्ग्रेसमा अब सम्मानित सदस्यको व्यवस्था थप गर्न माग घोषणापत्रमा गरिएको छ ।

यसैगरी गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाको अधिवशेन वडातहबाट आएका प्रतिनिधिहरुबाट हुनुपर्ने, सबै स्थानीय तहका सभापतिहरु उपल्लो समितिको पदेन सदस्य रहने व्यवस्था हुनुपर्ने, जिल्ला, क्षेत्रीय कार्यसमितिका पदाधिकारी नियुक्ती गर्दा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यबाट गर्न पाइने व्यवस्था गर्नुपर्ने, स्थानीय, प्रदेश र सङ्घीय संसदमा निर्वाचित पार्टी सदस्यहरु सम्बन्धित तह तथा जिल्ला कार्यसमितिप्रति उत्तरदायी रहने व्यवस्था गर्नुपर्ने बुँदा घोषणापत्रमा उल्लेख छ ।

Leave a Reply