दीपेन्द्र बस्नेत
कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित पुनर्वास नगरपालिकामा एक साता अघि मानसिक सन्तुलन गुमाएकी किशोरी माथी सामुहिक बलात्कारको घटना सेलाउन नपाउदै फेरि एक वृद्ध द्वारा १० वर्षिय बालिका बलत्कारको सिकार बन्न पुगेकी छिन । यसरी कञचनपुरमा दैनिक जसो बढ्दै आएका बलात्कारका घटनाले सामाजिक सुरक्षामा कडा चुनौती थपिदिएको छ । यतिबेला पुनर्वासमा एक साता अघि मात्रै भएको समुहिक बलत्कारको घट्ना सेलाउन नपाउदै फेरी नबालिका माथि बलत्कार भएको घटना बहिरिए पछि महिला किशोरी र बालिकाको सुरक्षामा चुनौती थपिएको हो । एक साता अघि पुनर्वास नगरपालिका वडा नं १० सुकुम्बासी टोलकी अन्दाजी १६ बर्षिय एक मानसिक रोगी बालिका माथि समुहिक बलत्कार भएको थियो । उक्त घटना सेलाउन नपाउँदै सोही ठाउँमा पुन १० बर्षिय बालिका ६९ बर्षिय बृद्ध द्वारा बलात्कृत भएकी छिन् । पुनर्वास नगरपालिका वडा नं १० बस्ने बर्ष ६९ का ओमनाथ पौडेलले खानेकुराको प्रलोभन देखाएर ललाईफकाई गरी स्थानीय १० बर्षिय बालिका बलात्कार गरेको घटना बाहिरिएको छ । बलत्कारको अभियोगमा उक्त ६९ बर्षिय बृद्धलाई स्थानियहरुको सहायोगमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरेको छ । आरोपित बलात्कारीमा सङकलन अपराधी लाई गिरफ्तार गरी सकेको र निजलाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक कर्ण बहादुर बमले जानकारी दिए । यसरी एक पछि अर्को घट्ना घट्दा स्थानियहरु यतिखेर आफुहरु असुरक्षित भएको महसुस गर्दैछन् । दोसि लाई हदै सम्म को कारबाही होस र अर्को मानसिक सन्तुलन गुमाएकी बहिनी माथी भएको सामुहिक अपहरण पश्चात भएको बलात्कार को पनि प्रसासन ले खोजी गरि दोशी माथी कडा भन्दा कडा कर्बाही गरियोस ,पिडित ले न्याय पाउन स्थानिय रमेश गौतम बताउछन् । यसरी अपराधीक गतिविधि बढेकोमा सुरक्षा प्रशासनको फितलो सक्रियता रहेको जनगुनासो आइरहन्दा आफुहरु भने अपराधी गतिविधि नियन्त्रण र निर्मुल पार्न रात दिन खटिरहेको र बिगत भन्दा अहिले पुनर्वास को सुरक्षा ब्यवस्था सुदृढ भएको प्रहरी निरीक्षक कर्ण बहादुर बमको दाबी छ । बिभिन्न सुरक्षाका माध्यमहरु प्रयोग गरी तिब्र रुपमा अपराधिको खोजी गरिरहेकोले समुहिक बलात्कारका अपराधीहरु पनि चाडै कानुनी कठघरामा उभ्याई कडा भन्दा कडा कारबाई गरि राज्य मा कानुन छ भन्ने अनुभुति सम्पुर्ण नगरवासीलाई दिलाउन आफनो टिम सफल हुने जिकिर गरे । कानुन भन्दा माथि कोही पनि छैन । गलत गर्नेले सजय पाउनैपर्छ । अपराध गर्ने गिरोह समाज भित्रै रहेकोले थाहा पाउन साथ खबर दिई सबैले साथ र सहायोग गरे अपराधी गतिविधि मुक्त समाज निर्माण हुने हुदा सुचना प्रबाह गर्न प्रहरी निरीक्षक बमले अपिल गरेका छन् ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.