१६ वर्षीया युवती घोप्टो परेको अवस्थामा मृत भेटिईन

१४ मंसिर २०७५, शुक्रबार

टीकापुर नगरपालिका–१ ब्लक नं. १६ की १६ वर्षीया पूजा थापा आज बिहान मृत अवस्थामा भेटिएकी छन । उनको शव निर्माण भैरहेको एक घरको चौरमा घोप्टो परेको अवस्थामा भेटिएको छ ।
उनी स्थानीय जनजागृती मावि सीतापुरमा कक्षा १२ मा अध्ययनरत थिईन । उनका बुबाआमा रोजगारीका क्रममा भारतमा छन । उनी सानै उमेरदेखी मामा घरमा बस्दै आएको बताईएको छ ।
निर्माणाधिन घरको कोठामा उनको ज्याकेट र जुत्ता फेला परेको प्रहरीले बताएको छ । सोही घरभित्र दुई ठाउँमा वान्ता गरेको, एक ठाउँमा दिसा गरेको पाईएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिवबहादुर सिँहले जानकारी दिए ।
उनले ज्याकेटको खल्तीमा कालो पोलेथिनमा बेरेर राखेको अवस्थामा एकथान सल्फास जस्तै विषादी भेटिएको बताए । डिएसपी सिँहले पोष्टमार्टम पछि मात्रै घटनाका बारेमा केही तथ्य पत्ता लाग्ने बताए ।

Leave a Reply