हिमाल दुश्यावलोकनका लागि उडेको अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुन बाट जोगियो

१४ मंसिर २०७५, शुक्रबार

हिमाल दुश्यावलोकनका लागि अन्नपूर्ण क्षेत्रहुदै शुक्रबार बिहान उडेको एभिया क्लबको अल्ट्रालाईट जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । बिहान  आठ बजेर ९ मिनेट जाँदा पोखरा बिमानस्थलबाट चाईनिज यात्रुलाई लिएर उडेको 9NALB कल न भएको अल्ट्रालाईट  आठ बजेर सत्ताईस मिनेटमा ईन्जिन फेलियर भएको रिपोट पाईलट सेमिट स्लोपले पोखरा टावरलाई  खबर गरेको नागरिक उड्ययन कार्यालय पोखराका प्रबन्धक योगेन्द्र कुँवरले बताउनुभयो ।
अन्नपूर्ण क्षेत्रकोे कोर्चीगं भन्ने ठाउँमा  रहेको सो अल्ट्रालाईट  लाई आकाशमा उडिरहेका  ४ वटा ग्राउन्डमा रहेका ४ वटा जहाजलाई  होल्ड गराइँ सूरक्षित अबतरण गराईएको थियो । ईन्जिन फेल भईसकेपछि दुर्घटनाबाट जोगाउन निठै कठिन परिस्थीती सृजना हुने भएता पनि अल्ट्रालाईट लाई सूरक्षित अवतरण गराई ठूलो दुर्घटना हुन सक्ने परिस्थीतीलाई ब्यबस्थापन गरिएको  कुँवरले बताउनुभयो !

Leave a Reply