प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता,द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी

१४ मंसिर २०७५, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेएकी म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीले शुक्रबार यहाँ भेटवार्ता गरेकी छन् ।

सो अवसरमा उनिहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको उपस्थिति रहेको थियो । आजै दुईदेशबीच आपसी सहकार्यका विषयमा सम्झौता हुने बुझिएको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा स्टेट काउन्सिलर सु की बिहीबार काठमाडौँ आएकी हुन्। सो सम्मेलन शनिबार काठमाडौँमा आयोजना हुँदैछ ।

Leave a Reply