लैङ्गिक हिंसा अन्त्यको लागि सञ्चार माध्यमको भूमिका सबैभन्दा महत्वपूर्ण: आयुक्त तिम्सिना

१५ मंसिर २०७५, शनिबार

 

 

काठमाडौँ, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले लैङ्गिक हिंसाको अन्त्यको लागि सञ्चार माध्यमको भूमिका सबैभन्दा महत्वपूर्ण भएको बताउनुभएको छ   । जागरण नेपाल, सञ्चारिका समूह र मेन (पुरुष) इन्गेज अलाइन्सको आयोजनामा भएको ‘लैङ्गिक समानताका लागि पुरुष सहभागिता र सञ्चार माध्यमको भूमिका’ विषयको अन्तरक्रियामा आयुक्त तिम्सिनाले  सूचना लुकाई जनताको सूचना पाउने हक अधिकारलाई बञ्चित गर्न नपाउने बताउनुभएको छ
उहाँले मिडियाले नागरिकमा सकारात्मक सूचना प्रवाह गरे हिंसा न्यूनीकरण हुने जिकिर गर्नुभयो । सञ्चारिका समूहका अध्यक्ष नीतु पण्डितले देशमा पुरुषले मात्र नभई महिलाले पनि महिलामाथि नै हिंसा गर्ने गरेको तीतो यथार्थ रहेको समेत बताउनुभयो ।

जागरण नेपालका व्यवस्थापक मीना विष्टले ‘म पनि बोल्छु’ भन्ने लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियान २०१८ ले जनचेतनामूलक कार्य अघि बढेको बताउनुभयो । उहाँले महिलाले बोलेर मात्र समाजमा समानता नआउने भएकाले हिंसा अन्त्य गर्न पुरुषको सहभागिता अनिवार्य भएको धारणा व्यक्त गर्नुभयो ।

मेन इन्गेज अलाइन्सका अध्यक्ष कृष्ण थापाले हिंसा अन्त्यका लागि पुरुष सहभागिता अपरिहार्य रहेको बताउनुभयो । पत्रकार टङ्क पन्तले परिवारलाई सुधार गर्दा नै हिंसाको अन्त्य हुने बताउनुभयो ।
–––

–––

Leave a Reply