नेपाली कांग्रेस क्षेत्र नं ३ को निर्देशन अनुसार कास्कीको अन्नपुर्ण गाँउपालिका वडा नं ७ मा नेपाली काँग्रसको साधारण सदस्यता बितरण अभियान शुरु गरिएको छ । संगठनलाई ब्यबस्थित,मर्यादित र अनुशासित तवरले संचालन गर्न साधारण सदस्यता बितरण अभियान शुरु गरिएको हो। कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य एबं अन्नपुर्ण गाँउपालिका सदस्यता बितरण अभियानका संयोज दिपक गुरुङ्ग ले काँग्रेस कमजोर हुँदा प्रजातन्त्र नै कमजोर हुने हुँदा राष्ट्रियता,लोकतन्त्र,र समाजबाद सिद्धान्तमा आस्था राख्ने ब्यत्तिले नेपाली काँग्रेसको साधारण सदस्य बन्न आबश्यक रहेको बताउनु भयो । किसान संघका केन्द्रीय सदस्य अमृत श्रेष्ठले बर्तमान वली सरकारले जनबिरोधी काम गरिरहेको उल्ल्ेख गर्दे जनताको हित गर्ने पाटी नेपाली काँग्रेस नै भएको जिकिर गर्नुभयो । जनताले कम्युनिष्टलाई भोट हालेर पछुताईरहेको मैले पाए श्रेष्ठले भन्नु भयो ,गाँउका जनता कर आतंकले त्रसित छन। गाँउगाँउमा नेपाली काँग्रेसमा आबद्ध हुन चाहानेहरुको संख्या बढिरहेको उहाँले बताउनु भयो ।अभियानमा नेपाली काँग्रेसका क्षेत्रिय सदस्य मधुसुदन पौडेल,नेपाल महिला संघ क्षेत्र नं ३ का सभापति खिम कुमारी गुरुङ्ग, आदिबासीजनजाति संघ कास्कीका अध्यक्ष आश बहादुर गुरुङ्ग लगाएतको सहभागीता रहेको थियो । नेपाली काँग्रेस अन्नपुर्ण गाँउपालिका वडा नं ७ का सभापति बुद्धिमान गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा १ सय ५० जनाको सहभागीता रहेको किसान संघका केन्द्रीय सदस्य अमृत श्रेष्टले पोखरा पोष्ट डट कम लाइ जानकारी दिनुभयो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.