पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी शान्तिदूत घोषित

१५ मंसिर २०७५, शनिबार

 

काठमाडौँ, नेपाल युनेस्को सङ्घ संस्था तथा क्लबहरुको राष्ट्रिय महासङ्घले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई महासङ्घको शान्तिदूतमा मनोनयन गरेको छ ।

महासङ्घको वार्षिक साधारणसभाका अवसरमा उहाँलाई शान्ति र दिगो विकासका लागि थप भूमिका खेल्न आग्रहसहित शान्तिदूत घोषित गरिएको महासङ्घका अध्यक्ष आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
सभाले विधान संशोधन, वार्षिक कार्यक्रम र आर्थिक प्रतिवेदन पारित गरेको छ । सभामा २५ जिल्लाका १२५ जना प्रतिनिधि सहभागी रहेको साझा चौतारी युनेस्कोका सचिव रमेश पाण्डेले जानकारी दिनुभयो ।
–––

 

Leave a Reply