कांग्रेस पार्टी बलियो हुन पहिले भातृ संगठन बलियो बनाउनु पर्छ

१५ मंसिर २०७५, शनिबार

बिपिन पौडेल

२००६ सालमा स्थापित भएर २००७ सालमा महामानब बिपि कोइरालाको नेतृत्वमा१०६ बर्षे लामो जहानिया राणा शासनको अन्त्य गर्दै सम्पुर्ण नेपालीको मनमा खुसी ल्याउदै नेपालको एक प्रथम प्रजातान्त्रिक पार्टी हुन गयो नेपाली कांग्रेस। यसरी नै २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा राणा शासन पछिको तानाशाहि शासन, करिब २० बर्षे लामो पञ्चायति शासनको अन्त्य गरि नेपालमा प्रजातन्त्रको पुनःस्थापना पनि नेपाली कांग्रेस पार्टीले नै गर्यो। त्यसतै गरि २०६४ सालमा नेपालबाट राजतन्त्रको समेत अन्त्य गरि नेपालमा लोकतन्त्र र गणतन्त्रको स्थापना गरायो कांग्रेस पार्टीले।

देशमा भएका बिभिन्न मुख्य मुख्य राजनैतिक परिबर्तनको नेतृत्व गर्दै देशमा प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्र ,शान्ति र अहिले संघीयताको स्थापना गराउदै नयाँ संबिधान निर्माण गराएको कांग्रेस पार्टीको गत निर्वाचनमा राम्रो सफलता नदेखिए पश्चात सबै कांग्रेसि र नेपाली जन्ताको मनमा किन नेपाली कांग्रेस पार्टीको हार भयो भन्ने प्रश्न उठेको छ पार्टीभित्रको अन्तरघात र टिकट बितरणमा समस्या भन्ने भनाई जताततै सुनिए पनि प्रमुख कारण  संगठन बलियो नहुनु हो। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल ट्रेड युनियन, नेपाल शिक्षक संघ लगायतका अरु संघसंगठन नेपाली कांग्रेसका  भातृ संगठन हुन।

नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको एक प्रमुख  भातृ संगठन हो तर नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको मेरुदण्डका साथै नेपाली कांग्रेसको रुखको जरो हो जस्ले पार्टीलाई बलियो बनाउन र अघि बढ्नमा धेरै सहयोग पुराउछ। नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको विद्यार्थीको संगठन भएकाले नेबि संघको जिम्मेवार र महत्त्व पार्टीप्रती अरु  भातृ संगठन भन्दा धेरै छ। त्यसकारण नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघलाई देशब्यापी रुपमा बलियो बनाउन धेरै आवश्यक छ र आउदै गरेको नेपाल विद्यार्थी संघको १२ औ महाधिवेशन र अधिबेशनमा केन्द्र र जिल्लामा एक असल र सक्षम नेतृत्वकर्तालाई अघि सारेर अघि बढ्न जरुरी छ। त्यस पश्चात् नेपाल विद्यार्थी संघले ७७ बटै जिल्लामा विद्यार्थीहरुलाई खुल्ला सदस्यता, सक्रिय सदस्यता र कृयाशिल सदस्यता दिई अघि बढ्नु पर्छ।

यसरी नै१४ बर्ष देखि १८ बर्षका विद्यार्थी हरु जस्को गत निर्वाचन मा मत हाल्न उमेर नपुगेका तर अब आउने निर्वाचन मा १८ बर्ष पुगि मत हाल्न पाउने भएकाले १४ ,१८ बर्ष का हजारौं साथी भाइ लाई प्रत्येक क्षेत्र जिल्ला बाट नेपाल विद्यार्थी संघमा प्रबेश गराई सदस्यता बितरण गराउन सके संगठन र पार्टीको लागि धेरै लाभ हुने छ।।
जय नेपाल ।।

लेखक ,नेपाल विद्यार्थी संघका नेता हुनुहुन्छ

Leave a Reply