न्याय माग गर्दै दजनौं महिलाहरु सडकमा सुते

१६ मंसिर २०७५, आईतवार

बागलुङ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत बलात्कारपछि हत्या गरिएकी निर्मलाको न्यायका निम्ती हरेक क्षेत्रबाट माग गर्दा पनि सरकारले उदासिनता देखाएको भन्दै न्यायको माग गर्दै दजनौं महिलाहरु सडकमा सुतेका छन  ।  कञ्चनपुरकी निर्मला पन्त, बागलुङका रुपा गौतम र संगिन जिसीको हत्यारा पक्राउको माग गर्दै बागलुङका महिलाहरु सडकमा सुतेर आन्दोलन गरेको महिला संघकी केन्द्रिय सदस्य पार्वती आचार्यले बताईन । समाजमा दिनानुदिन हत्या हिंसा बढदै गएको र हत्याराहरुलाई सरकारले उन्मुक्त दिएको भन्दै नेपाल महिला संघ बागलुङ र नेपाल ट्रेड युनियन कांग्रेस महिला समिति बागलुङले संयुक्त रुपमा सडकमा सुतेर आन्दोलन गरेको हो ।

। उनीहरुले निधारमा कालो पट्टी बाँधेर र संविधानमा टाँसिदे बलत्कारीलाई फाँसीदे, सरकार भेटियो न्याय भेटिएन लेखिएको प्ले कार्ड सहित बीच सडकमा १५ मिनेट लम्पसार परेका थिए । उनीहरुले शान्ति सुरक्षा र न्याय दिन नसक्ने गृहमन्त्रीको राजिनामा समेत माग गरेका छन् ।

आधा दर्जन निर्दोष मानिसलाई पक्राउ गरेर यातना दिएको तथा वास्तविक अपराधीलार्ई सरकारले संरक्षण गरिरहेको महिला संघकी केन्द्रिय सदस्य  आचार्यले बताईन । प्रहरीदेखि मन्त्रालय स्तरसम्मका पाँच छानबिन समिती बनाउँदा पनि समितिको प्रतिवेदन आजसम्म सार्वजनिक नगरेकोमा महिला संघको आपत्ती रहेको आचार्यको भनाई थियो ।

सरकारले नयाँ युगका नाममा जसरी पोलपोलमा प्रधानमन्त्रीको फोटो टाँसेको छ, त्यसरी नै निर्मलाका हत्यारा पत्ता लगाइ उसलाई सार्वजनिकरुपमा दण्डित गर्नुपर्ने जनअपेक्षा रहेको नेपाल टे«ड युनियन कांग्रेस बागलुङका महिला समिति संयोजक भगवती केसीले बताईन ।

Leave a Reply