घुस लिएको आरोपमा गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक पक्राउ

१६ मंसिर २०७५, आईतवार

 

 

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा तारानाथ पौडेल लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई एक व्यक्तिसँग रु एक लाख घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट आज साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ ।
–––

 

Leave a Reply