एक्स्पोमा कारोवार र दर्शक बढ्दै

१७ मंसिर २०७५, सोमबार

 पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ मा कारोवार र दर्शक बढ्दै गएका छन् । एक्सपो अगाडि बढ्दै गर्दा घरायसी सामान किन्ने तथा मनोरञ्जन चाहनेहरुको चाप बढ्दै गएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिनुभयो ।

‘एक्सपोमा रहेका स्टलहरुले घरायसी सामानहरु विशेष छुटका साथ बिक्री गरेकाले पनि कारोवार अवलोकनकर्ता बढदै गएका हुन्’, उहाँले भन्नुभयो,‘मनोरञ्जनात्मक कार्यक्रमले पनि अवलोकनकर्तालाई आकर्षित गरेको हो ।’
संघका महासचिव तथा प्रचार प्रसार समितिका संयोजक अर्जुन पोखरेलका अनुसार लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजना भएको सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्सपो आयोजना गरिएको हो । यसैगरी, पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको ब्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने पनि मेलाको उदेश्य भएको उहाँले जानकारी दिनुभयो ।

पोखरा उद्योग वाणिज्य संघको आयोजना एवं पोखरा महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग, लक्ष्मी समूहको मूख्य प्रायोजन , नेपाल पर्यटन वोर्ड सहित आइएमई ग्रुपको प्रवद्र्धनमा एक्सपो आयोजना भएको हो । एक्सपोलाई हिमायलयन डिष्टिलरी प्रालि,गरिमा विकास बैंक, सगरमाथा इन्स्योरेन्स कम्पनी प्रालि,होटल लेक सोर, टुडे मिनिरल वाटर,हन्सराज हुलासचन्द सन्स, हरपल चामल, हिमालयन जनरल इन्स्योरेन्स प्रालि,गण्डकी टे«ड हाउसको पिजो मोटर्स, सगरमाथा इन्स्योरेन्स प्रालि, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, पोखरा इन्टरनेट,फर्निचर ल्याण्ड,बबिन टेलरिङ एण्ड लेडिज कलेक्सन,बोटलर्स नेपाल तराई प्रालिको कोकाकोला, गृहलक्ष्मी ग्याँस कम्पनी प्रालिबाट विभिन्न विधा तथा नेपाल जनरल मार्केटिङ प्रालिको तर्फबाट हिरो ड्युट बम्बर उपहारको रुपमा प्रायोजन गरेका छन् ।

एक्सपोमा पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका उत्पादन, मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प ,हस्तकलाका सामाग्री, अटो महिला उद्यमीका उत्पादनलगायतका ३ सयवटा स्टलहरु रहेका छन् ।

 

Leave a Reply