बलत्कार बिरूद्ध र्याली , दोषिलाई कडा कारवाहिको माग

१७ मंसिर २०७५, सोमबार

दीर्घराज ओझा

पुनर्वास,  कञ्चनपुरको दक्षिणी सिमान्त पुनर्वास नगरपालिका वडा नं १० का स्थानियले बलत्कार बिरूद्ध र्यालीको अयोजना गर्दै दोषिलाई कडा कारवाहिको माग गरेका छन। स्थानिय शीर्जनशिल युवा समुहको नेतृत्वमा र्यालि निकालिएको हो। एक साता अघि १६ वर्षिय युवती माथी अपरिचित ब्यक्तिले राती घर भित्र पसि बलत्कारको प्रयास गरेकाले बलत्कारीलाई सजायको माग गर्दै आज र्याली निकालिएको शीर्जनशील युवा समुहका सँयोजक नरेन्द्र गुरूङ्गले बताए। दिन प्रतिदीन बलत्कारको घटना बढ्दै गएको र स्थानिय निकायले नियन्त्रणका लागि कुनै काम कार्बाही नगरेकाले जनप्रतिनिधिहरूलाई यस प्रति ध्यानाकर्षण गराएका थिए। स्थानियवासीको र्याली वार्ड नम्बर १० को वार्ड कार्यालय अगाडि कोण सभा गरि समापन गरिएको थियो। अपराधी पत्तालगाई दोषी उपर कार्बाही नभए आगामी दिनमा वार्ड कार्यालयमा तालाबन्दी समेत गरिने स्थानियहरूले बताएका छन।

Leave a Reply