राष्ट्रिय प्रर्जातन्त्र पार्टीको भातृ संगठन पूर्व प्रहरी परिषदले हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि पार्टीले आगामी फागुन ७ गतेदेखि सुरु गर्ने निर्णायक आन्दोललाई सफल पार्ने निर्णय गरेको छ ।
परिषदका केन्द्रीय अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।त्यसैगरि , एउटा संस्थाले अयोजना गरेको एशिया प्यासिफिक समिटमा सरकारको संलग्नता, सहयोग र सक्रियताप्रति पूर्व प्रहरी परिषद्को ध्यानाकषर्ण भएको जनाएको छ ।
एक लाख डलर र सुनको तक्माको लोभमा मात्र नभएर नेपालको पहिचान हिन्दुत्व समाप्त पार्ने ग्राण्ड डिजाइनको एउटा रूप हो भन्ने विश्लेषण गरेको छ । यसले ठूलो रूप लिन सक्ने भएकोले यसको विरूद्दमा अवाज उठाइ सम्पूर्ण नेपाली जनता एक भइ परास्त गर्नु पर्ने अध्यक्ष श्रेष्ठले वताए ।