५ बर्षीया बालिका बलात्कृत

0
569

देबदह नगरपालिका  ५ सिता कोलेनीनजिक शुक्रबार ५ बर्षीया बालिका बलात्कृत भएकी छन ।बालिकाकी आमा दोस्रो सन्तान जन्माएपछि सुत्केरी बस्न माइत गएकी थिइन ।बुवा भने शुक्रबार घरमा थिएनन् ।प्रहरीका अनुसार साँझपख हजुरबा हजुरआमा काममा ब्यस्त भएका बेला देबदह ७ का १८ वर्षे  जीवन खत्रीले प्रलोभनमा पारी घरबाट बाहिर लगेका थिए।  अबेरसम्म बालिका नभेटिएपछि खोज्दै जाँदा घरबाट करिब ७० मिटर दुरीमा गम्भीर अबस्थामा फेला परेकी थिइन् ।उनको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रतक्ष्य संलग्न देखिएका खत्री विरुद्ध जवर्जस्ती करणी मुद्या दर्ता गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले बताए ।उनलाई बालिकाले नै पहिचान गरेकी थिइन् ।