नेपाली कांग्रेसको विधानलाई एकरूपता ल्याउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुको बैठक चलिरहेको छ।
कन्द्रीय समितिको बैठकमा विधानमा फरक–फरक मत आएपछि आ–आफ्नो समूहमा छलफलका लागि आइतबार बैठक रोकिएको छ। नेता प्रकाशमान सिंहको चक्सिबारीस्थित घरमा वरिष्ठ नेता पौडेल,महामन्त्री शशाङ्क कोइराला, अर्जुनरसिंह केसी , नविन्द्रराज जोशी लगायतका नेताहरूको बैठक चलिरहेको छ।
विधानमा पदाधिकारी र केन्द्रीय समिति सदस्य संख्या,सभापतिलाई मनोनित अधिकार,निर्वाचन प्रणाली , विभाग तथा समितिहरूको चयन प्रक्रियामा विवाद छ।
आसन्न महासमिति बैठकमा समान धारणा बनाई विधान तयार गर्नका लागि नेताहरू बैठकमा जुटेका हुन्।
आन्तरिक तयारी गरी एकत्रित विधान बनाउन प्रयत्न भइरहेको नेता केसीले बताए।
यसै बीच राजनीतिक प्रतिवेदनका लागि छलफल गर्न राजनीतिक प्रस्ताव मस्यौदा समितिको बैठक दिउँसो दुई बजे पार्टी कार्यालयमा बस्ने भएको छ।