उपयुक्त ब्यक्ति उपयुक्त जिम्मेवारी

0
907

प्रकाश खनाल

पार्टी भित्रको आन्तरिक राजनीति जिबनलाई,  फुटबल खेलसंग तुलना गरेर पनि हेर्न मिल्दछ।जसरी फुटबल खेलमा सबैभन्दा महत्त्वपूर्ण पाटो अनुशासनको रहन्छ  र ब्यबस्थित रूपमा खेललाई  सन्चालन गर्न  विभिन्न नियमहरु पनि हुन्छन् । रेफ्री,कोच ,टिम क्याप्टेन, भिन्दा भिन्दै भुमिकामा रहेर मैदानमा  खेल्नी खेलाडीहरु हुन्छन् ! रेफ्रीले खेल अवधीभर निश्पक्ष भुमिकामा रहेर ,कसरी खेललाई स्वच्छ  र मर्यादित ढंगले सन्चालन गर्न सकिन्छ, भनेर सावधानी अपनाइरहेको हुन्छ । आवस्यक अनुसार खेलको नियम बिपरितको कार्य गर्नेलाई ,कसुर हेरि चेतावनी सहित  पहेंलोकार्ड ,गलती दोहोर्‍याएको खण्डमा रातोकार्ड  देखाइ खेलबाट निलम्बित सम्म गर्नसक्छ । भने ,टिमका हरेक खेलाडीले खेलेको खेललाई अन्दाज गरेर  खेलमा  आफ्नो टिमलाई   कसरी जिताउन  सकिन्छ ? त्यसको लागि एउटा क्याप्टेनले आवस्यक रणनीति अपनाउछ । खेलाडी र प्रशिक्षकलाई  बृफिङ्ग गर्छ  र कमजोर  देखिएका  खेलाडीलाई कोचले चेन्ज गर्छ ।
हो  त्यसैगरी पार्टीको आन्तरिक  जिबनमा पनि उपरोक्त संपुर्ण नियम र अनुशासन कडाइका साथ पालना हुनुपर्छ ।”उपयुुक्त ब्यक्ति उपयुक्त जिम्मेवारी” – सक्षम र ईमानदारले अवसर पाउनु पर्दछ ।राम्रो काम गर्नेलाई पुस्कार र  पार्टी हित बिपरित कार्य गर्नेलाई कार्वाही गरिनुपर्छ ।नेतृत्वमा रहनेले,बिधानले तोकिए बमोजिमको आ आफ्नो जिम्मेवारी कुसलता पुर्वक  पुरा गर्न सक्नुपर्दछ । भने अन्य नेताकार्यकर्ताहरुले पनि संस्थागत भावनालाई आत्मसात गरेर , अनुशासन र  यसको मुल्य ,मान्यता र आदर्शलाई पालना गर्नुपर्छ ।
तर कांग्रेसको आन्तरिक राजनीति जिबनमा अहिले , अनुशासन , बिधिको पालना, जिम्मेवारी र जवाफदेहिता भन्ने कुरा,उच्च  नेतृत्व देखि बरिस्ठ सम्म, बरिस्ठ देखि कनिष्ठ सम्म ,कसैमा पनि देखिदैन । तसर्थ वर्तमान समयमा पार्टीको टिम क्याप्टेन र मैदानमा रहेका सबै खेलाडीहरुको  समय सापेक्ष जनभावना अनुरुप संपूर्ण रुपले  भुमिकामा परिवर्तन नगरेसम्म ,जसरी प्रतिस्पर्धा बिनाको  खेलको रौनक नआएर,दर्शकको आकर्षण घटेजस्तै ,नेपाली जनताको ठम्याइमा पनि नेपाली कांग्रेसको वर्तमान नेतृत्वतह प्रतिको बिस्वास टुटिसकेको छ ।यो जनभावनालाई बेलैमा बुझ्न जरुरी छ । अन्यथा भबिस्यमा यो भन्दा अझै ठूलो दुर्घटना सहनु पर्नेछ ।