काठमाडौं । नेपाली कांग्रसको केन्द्रीय कार्यसमितिको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको समग्र आर्थिक नीति प्रस्ताव पारित गरेको छ ।
केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर प्रस्ताव पारित भएको सहमहामन्त्री एंव समितिका संयोजक डा. महतले जानकारी दिनुभयो ।डा. महतको प्रस्तावमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।
यो प्रस्ताव कांग्रेसको महासमितिको मंसिर २८ गतेबाट सुरु हुने बैठकमा प्रस्तुत हुनेछ । प्रारम्भिक सस्यौदा केहि साता अघि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।