पुरुषको तुलनामा महिलाको टाउको दुख्ने समस्या वढी हुने गरेको छ।
महिलाले पाउने दोहोरो जिम्मेवारी(बच्चा जन्माउने काम) का कारण या हर्मोनका कारण पनि वढी टाउको दुखेको हुनसक्छ। यसका अन्य कारण पनि छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
अक्सर टाउकोको कुन भाग दुखिरहेको छ, त्यहीअनुसार तपाईंको मनस्थिति के छ, भन्ने पत्ता लगाउन सकिन्छ।
यदि टाउकोको दुबै भागतिर दुखिरहेको छ भने बुझ्नुहोस्, यो चिन्ताका कारणले हो।
यदि बीच भागमा टाउको दुख्छ भने त्यसलाई सामान्य मान्नु हुँदैन। यो माइग्रेनसमेत हुन सक्छ। यो खतरनाक समस्या भएकाले तुरुन्त डाक्टरकहाँ जानुपर्छ।
कहिलेकाहीँ टाउको पेटको समस्याले पनि दुख्न सक्छ। पाचन प्रणाली सही नहुँदा पनि टाउको दुख्ने गर्छ।
टाउको दुखाईको अर्को कारण हर्मोन पनि हो। हर्मोनको कारण हृदयको गति धेरै तेज हुन्छ। अनि, पसिना आउँछ। यी तमाम बदलावका कारण टाउको दुख्ने गर्छ।