पोखराको बागलगुङ बसपार्क नजिकै रहेको कवाडी गोदाममा आगलागी भएको छ । राती करिब १२ बजेतिर बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।
नितेश इन्स्पेक सेण्टर (कवाडी गोदाम) मा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट क्षतिको विवरण आएको छैन । लाखौं रुपैयाँ नोक्सान भएको बताईएको छ ।