सुर्यावती पानवाली र पत्रकार

0
1070

मीरा राजभण्डारी अमात्य

नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनका लागि दुई दिने बिराट नगर बसाइमा पान खाने धोको खासै मज्जाले पुरा नभएको झाेंक थियो मनमा । धनकुटा बाट काठमान्डौ फर्किने क्रममा इटहरी पुग्दा सहयात्रि केन्द्रिये सदस्यहरु लाई बिदाइ गर्न ओर्लदा इटहरी चोकै मा रहेको पान पसल पुग्ने साइत जुर्यो । साथमा सहयात्रि केन्द्रिये सदस्य हरु पनि बग्रेल्ती हान्निदै पुगे पान खान । एक केन्द्रिये सदस्य ले म तिर औँला सोझ्याउदै प्वाक्क बोली हाले “ल ल उहालै स्पेसिएल “जनाना“ पान दिनुस् त“ पहिले मलाई र त्यसपछि बोल्ने केन्द्रिय सदस्यलाई क्रमस पुलुक्क हेर्दै ति पान वाली माइले झोक्किदै भनि हालिन् “केहो सर, पान पनि जनाना र मर्दाना हुन्छ ?? महिला को पान पुरुषको पान छुट्टै हुन्छ ? महिला भन्दैमा जे कुरामा नि हेप्ने ?? एकै सास मा बोलिन् पान वाली ले, म छक्क । मधेशमा महिलाहरु मा आएको जागरन र आत्मबिश्वास को पारो चढेको देख्दा मेरो मन प्रफुल्ल बन्यो । तर मेरा सहयात्री केन्द्रिये सदस्य पुरुष मित्र भने छक्क पर्दै के बोलुम के भनुम एक छिन् रणभुल्ल मा परे ।
पुष महिनाको कठयांिग्रने जाडोमा सिरक भित्र गुटमुटिएर चिया पिउने उमेर हो सुर्यावती यादवको । उमेरले ६५ वर्ष पार गरेकि सुर्यावतीलाई आफु कति उमेर पुगें भन्ने सम्म हेक्का छैन । कर्मलाई प्राथमिकता दिने यादवलाई यति मात्र थाहा छ महिलाहरुले काम गर्नु पर्छ ।
बिगत २०४४ साल देिख पानको पसल चलाऊदै, तीन सन्तानलाई इज्जत आमद अनुसार हुर्काएकि  यी आर्दश पानवलीकि सन्तानको नाममा  दुई छोरा एक छोरी छन् । कहिले मतिर हेर्दै त कहिले पुरुष मित्रहरु तिर हेर्दै थप्छिन् सुर्यावती “कैले सरकार सरकारको कैले अरुको मुख किन ताक्नु, महिला हरु आँफै सक्ष््यम छन, काम गरेर खानु पर्छ । यि मैले गरिन र ? यहि पान पसल थापेर तीन छोरा छोरी हुर्कायें पढायें । ऐले एउटा छोरा बिदेश मा राम्रो कमाइ गर्छ । आर्को छोरा गाडी लिएर चाइना को व्यपारमा गएको छ ।  छोरी मास्टर्स डिग्री पास नेपाल बैंकमा जागिरे छ । भर्खर मात्र उन्लाई राम्रो केटो खोजेर बिहे समेत गरी दिए्ं” बडो गर्वका साथ भनिन्  पानवलीले । अघिल्लो बर्ष मात्र श्रीमान् गुमाएकी सुर्यावती महिलाहरु आँफै सक्ष््यम हुन्छन भन्नेमा विश्वाश छ । सुर्यावती ले पढेकी छैनन । तर भन्छिन् “महिला लाई आफ्नो आत्म सम्मान जोगाउने  अधिकार छ । महिला को आफ्नै पहिचान र गौरव छ, यो सवै महिलाहरु ले बिर्सनु हुँदैन” । काला अक्षर भैँसी बराबर कि सुर्यावती को राजनैतिक र सामाजिक जगारण देख्दा अचम्म लाग्यो । सोधे “तपाईं लाई कसरी थाहा भो महिला हरुको आत्म सम्मान को कदर हुनु पर्छ ? उनको जवाब थियो ।  अरे बहिन हमरा सबकुछ थाहा छ, हामी रेडियो बाट सुन्छौ । मेरो थप जिग्यांसा “एह हो र कुन रेडियो सुन्नु हुन्छ त ? जवाब “कान्तिपुर“ सुन्छु । हाम्रो इटहरी मा पनि छ रेडियो, बडो रोब का साथ भनिन उनले ।


विगतमा विकासका लागि संचारको नारा संगै प्रजातन्त्र पुर्नस्थापना पश्चात सुरु भएको आम संचारको विकास संगै पत्रकारिता क्षेत्र भित्र भने विकास पत्रकारिताको माग खासै नभएता पनि आम जनमासमा भने स्वस्फुर्त रुपमा विकास पत्रकारिताकोे बजार र माग बढ्रयो । त्यसको प्रत्यक्ष प्रभाव सुर्यावतीहरु जस्ता जाँगरिला महिलाहरुलाई आत्म सम्मान् जोगाउन पाठ सिकाउने माध्ययम बन्यो । आफ्ना अधिकार र आत्म सम्मान् का रक्षार्थ ति महिला आमाको जागरुकता र साहसका लागि मैले मनमनै एकपटक स्यालुट गरें ।  नेपालका आठै प्रदेश र ु७७ जिल्लामा रहेका वरियतामा रहेका पांच तारे लगायतका होटलमा महिला अधिकार र महिला सशक्तिकरन विषयमा  अन्र्तराष्ट्रिय स्तरका ठुलाठुला बहस हुने हाम्रो देशमा सुर्यावती जस्ता महिलाहरु लाई त्यसको भेउ सम्म हुँदैन । राजनैतिक, शैक्षिक र आर्थिक रुपले समेत पछाडि पारिएका र परेका सुर्यावतिहरुको पहुँच त्यहां सम्म पुग्दैन पनि कहिले । तर आम संचार त्यो पनि कम पढे लेखेका महिला का पहुंचमा रहने सहज र सरल माध्ययम रेडियो पत्रकारिता सुर्यावतीहरुका लागि सहजकर्ता बनेको छ ।
मधेसमा त्यसमाथि पनि जातिय र सांस्कृतिक आधारमा समेत सामाजिक र आर्थिक रुपले विपन्न महिलाको वर्गमा दरिएको उनको जमातका नेपाली महिलाहरुका  लागि अहिले सुर्यावती उदाहरणिय पात्र हुन् मेरो बुझाईमा । विहान ६ बजे आफनो सानो पान पसलमा कर्म गर्न पुग्ने सुर्यावती अहिले सम्म पनि घर धन्दा समेत आफै गर्छिन् । विगतमा घर पसल र नानीहरुका स्याहारमा आर्थिक रुपले समेत गा¥हो बनेका उनका दिनहरु ऋव इतिहास बनेको छ सुर्यावतीलाई । विगतमा जस्तो काम गर्नै पर्ने दवाब वा अभाव भने अव छैन । विगत ३१ वर्ष देखि निरन्तर पान बच्दै आएकि कथित पानवाली को कथा जति मार्मिक छ, त्यसको उल्टो उनको प्रस्तुति भने फरक छ । सरकारले अव महिलाको लागि के गर्नु पर्छ भन्ने मेरो जिज्ञासमा उनी भन्छिन्, “सरकारले के गर्नु प¥यो र ?, भगवानले दिएको हात खुट्टा छैन र ?” यो उनको उनको प्रति प्रश्न थियो म संग । नेपालमा सशस्त्र द्धन्द पछि नेपाललाई स्वर्ग बनाउंछु भन्दै आम जनताको भोट लिएर नीतिगत तहमा पुगेका नेर्तत्व वर्ग प्रति भने सुर्यावती निराश छिन्, “सरकार आफै एकआपसमा झगडा गरी रन्छन्, खोई हामी महिलाको बारेमा सोच्ने बिचार्ने फुर्सद कहां छ र बहिन्”
महिला हरुले काम गरेर खानु पर्छ भन्ने दरिलो विश्वासमा खाँदिएकि सुर्यावतिको विश्वास छ, महिलाहरु हरेक काममा सक्षम छन् । विदेशको त के कुरा नेपालमै अहिले महिला राष्ट्रपति रहेको र स्थानीय निकायमाको उपल्लो तहमा –उपमेयर) महिला रहेने अवस्था राज्यको नीतिले खुल्ला गरि दिएकोमा उनी गौरव गर्छिन र भन्छिन् “महिलाहरु के कुरामा कम छन् र ?”
नेपालको फेमिनिजमले महिला समानता र समताको मुद्धा उठाउंदै आएको दशकौं विति सकेको छ । यस क्षेत्रमा काम गर्ने सरकारी र गैर सरकारी संस्थाहरु संख्या आंकलन गर्दा पनि तीन सय पुगी सकेको विज्ञहरु बताउंछन् । तर नेपालमा जे जस्तो रुपमा फेमिनिजमका मुद्धा ती संगठनहरु बाट उठेका छन्, ती मुद्धाहरुमा सिमान्तकृत वर्गका सुर्यावतीहरु जस्ता तह सम्ममा पुग्न सकेको छैन ।
उनी सँगको छोटो कुराकानी पछी बस तिर लागें,उनले बनाएको मिठा पान खांदै । तर खोइ किन हो उनी सँग कुरा गर्न पुगेको महसुस भएन । इटहरीबाट बाठमाडौ लाग्नु अघि ती आदर्श महिलालाई केही धन्यवादका शव्द उनको आफनै भाषामा दिन मन लाग्यो । मैथिली भाषा बुझे पनि बोल्न भनें मलाई कम आउंछ । त्यसैले केन्द्रिये सदस्य शीतल महतो दाई सँग सहयोग माग्दै भने “दाई म तपाईं लाई बिर्सन्न भन्न मैथिले मा कसरी भन्ने ? “हम आहाके नही भुलब” दाइले हौसिदै सिकाइ दिनु भोे ।  म हान्निदै बस बाट ओर्ले र ति पानवाली दिज्यु समछ्य् गएर भने “हम आहाके नही भुलब“ .. पहिले छक्क पर्दै अनि पछि गलल हाँसिन् सुर्यावती । म हात हल्लांउदै हाँस्दै फर्किएें । मेरो मन अत्यन्त प्रफुल्ल बन्यो । उनको पानले मुखमा मिठास त बनाएको थियो नै थप मेरो मैथिली भाषा बैंक मा एउटा वाक्य थपिएको थियो । यस मानेमा म दङ थिए । बस गूड्नै लागेको थियो । नेपाल पत्रकार महासंघका केन्द्रिीय सदस्यहरु ह्तार हतार गाडी चढ्ने क्रममा थिए । अचानक  “रुको रुको” भन्दै ति पानवाली महासया  आइन् र मलाई बोलाइन् ।  तर हेर्छु त अरे वाह उनको हातमा फेरी एउटा मिठा पान, मेरो लागि फ्रीमा । उनको प्रेम र स्नेहको श्वाद मिसिएको मिठा पान । म दङै । बसमा अन्य साथीहरु लोभ लाग्दो नजर्ले हेर्दै हाँस्दै थिए । बधाईको ओइरो पनि आयो । मन पुल्लकित बन्यो, मनमनै भने जये मधेस, जय पानवाली दि । वास्तवमा नै मधेश र मधेसी को संस्कारमा मिठास अझै मरेको छैन, उही मिठा पान जस्तै, अनि कहिले नमिेटिने उही पानको गाढा हरियो रंग जस्तै । फेरी पनि भन्न मन लाग्यो, जय पानवाली , जये मधेस जये नेपाल ।