क्षमता अभिबृद्धि तथा उद्घोषण तालिम शुरु

0
1326

 

कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ को आयोजनामा महिलाहरुका लागि क्षमता अभिबृद्धि तथा उद्घोषण  तालिम शुरु भएको छ ।कार्यक्रमको उद्घाटन गर्दे गाउँपालिकाका शिक्षा बिभाग प्रमुख बलराम भुँगाइले महिलाहरुको हक अधिकारका बिषयमा सबै महिला सचेत हुनु पर्ने बताए।उनले महिला क्षमता अभिबृद्धि कार्यक्रम मार्फत महिलाहरुमा सचेतना बढाउन समेत जोड दिए । तालिम प्रशिक्षक क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी ले महिला सम्बन्धी बनेका नीति तथा कानुनी ब्यबस्थाहरुको बिषयमा सबै महिलाले जान्न आबश्यक रहेको बताईन । उनले नेपाली महिला पुरुषको तुलनामा राजनीतिक ,आर्थिक ,शैक्षिक ,सामाजिक ,सांस्कृतिक तथा राज्यका हरेक निकाय र क्षेत्रमा पछाडि परेका छन भन्दै समानताका लागि सबै महिला एक जुट भएर आवाज उठाउनु पर्नेमा जोड दिइन । अन्नपुर्ण गाउँपालिका वडा नं २ का अध्यक्ष चुडामणी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य भगवती भण्डारी वडा सदस्य देवराज भण्डारी,मुक्ति अधिकारी,नौली सुनारले बोलेका थिए । तिन दिन सम्म चल्ने तालिमलाई क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी र रेडियो सफलताका मधु अधिकारीले सहजीकरण गर्ने छन। तालिममा वडा नं २ का ४० जना महिलाहरुको सहभागीता रहेको वडा अध्यक्ष चुडामणी अधिकारीले पोखरा पोष्टलाई जानकारी दिए।