दीपेन्द्र बस्नेत
कञ्चनपुरको दक्षिणी सीमान्त बेलडाँडी र बेलौरीमा प्रवासी नेपाली युवाहरुले जुटाएको साहायताबाट बिपन्न समुदायलाई बुधबार कम्मल बितरण गरिएको छ ।
सुदुरपश्चिम समाज कोरिया र मलेसियाले प्रवासमा रहेका १५९ जना युवाहरुले जुटाइदिएको आर्थिक साहायताले बिपन्न समुदायका लागि कम्मल बितरण गरिएको छ ।
प्रवासमा रहेर समाजसेवी कार्यमा सक्रियता देखाउदै आएको सुदुरपश्चिम समाजको अगुवाइमा संकलित साहायताबाट खरिद गरिएका कम्मल बुधबार बेलडाँडी र बेलौरी नगरपालिकाको शिवनगरमा ७० थान बितरण गरिएको छ । कोरियामा रहेको सुदुरपश्चिम समाजका संयोजक धर्मराज जोशी र सन्तोष सुवर्णकार , मलेसियामा दिपक चौहानले साहायता रकम जुटाएका हुन । प्रवासमा रहेका १५० जना नेपालीहरुको साहायतामा उपलब्ध गराइएको साहायता सचिन कठायत,एकेन्द्र शाह,कमल बलायर र लोकबहादुर बलायरको संयोजनमा कैलाली कञ्चनपुरका बिपन्न समुदायमा बितरण गरिएको हो ।
बिपन्न समुदायकालागी जुटाइएको साहायताबाट जुटाइएका कम्मल बेलडाँडीमा बेलडाँडी गाउँ पालिकाका अध्यक्ष धनबहादुर थापाले बितरण गरेका थिए ।