कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नम्वर ६ को आयोजनामा दलित समुदायका लागि क्षमता अभिबृद्धि तालिम शुरु भएको छ ।कार्यक्रमको उद्घाटन गर्दे वडा नम्वर ६ का अध्यक्ष चित्रबहादुर गुरुङ्गले दलित समुदायका हक अधिकारका बिषयमा दलित समुदाय नै सचेत हुनु पर्ने बताए ।उनले क्षमता अभिबृद्धि कार्यक्रम मार्फत दलित समुदायमा सचेतना बढ्ने बिश्वास ब्यक्त गरे । तालिम प्रशिक्षक क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी ले दलित सम्बन्धी बनेका नीति तथा कानुनी ब्यबस्थाहरुको बिषयमा सबैले जान्न आबश्यक रहेको बताईन । उनले दलित समुदाय राजनीतिक ,आर्थिक ,शैक्षिक ,सामाजिक ,सांस्कृतिक तथा राज्यका हरेक निकाय र क्षेत्रमा पछाडि परेका छन भन्दै समानताका लागि सबै एकजुट भएर आवाज उठाउनु पर्नेमा जोड दिइन । अन्नपुर्ण गाउँपालिका वडा नं ६ का दलित महिला सदस्य सेती कामी बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका लक्ष्मण देबकोटा,एकदेव देबकोटा,नेपाली काँग्रेसका केदार देबकोटा,अन्नपुर्ण गाउँपालिकाका कार्यपालिका सदस्य लक्ष्मी देबकोटा वडा सचिब स्थानेश्वर ढुङ्गाना ले बोलेका थिए ।तालिमलाई क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी सहजीकरण गर्ने छिन । तालिममा वडा नं ६ का ३० जना दलित समुदायका ब्यक्तिहरुको सहभागीता रहेको दलित महिला सदस्य एबं कार्यक्रम संयोजक सेती कामी बिक ले पोखरा पोष्टलाई जानकारी दिएकी छन ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.