जिपि कोइराला अध्ययन केन्द्र द्धारा विद्यार्थीलाई सहयोग

0
793

पोखरा, जिपि कोइराला अध्ययन केन्द्र कास्की द्धारा धम्पुसका विद्यार्थीलाई सहयोग प्रदान गरेको छ । धम्पुसमा अवस्थित जनप्रिय अधारभूत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीहरुलाई झोला र स्टेशनरी सामान वितरण गरेको छ । कास्की जिल्लाको माछापुछ्रे्रे गाउँपालिका वडा नं ७ मा रहेको खानी गाउँमा उक्त विद्यालयमा अध्ययनरत सवै दलित विद्यार्थी रेहका छन् । कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाली काग्रेस महासमिती सदस्य कृष्ण कार्कीले अवको समय एकले अर्कोलाई दोष लगाउने भन्दा सवै एक भएर विकासमा लाग्नु पर्नेमा जोड दिनु भयो । सोही कार्यक्रममा नेपाली काग्रेस कास्कीका सदस्य विष्णु वहादुर क्षेत्री, विद्यालयका प्रधानाध्यापक टेकराज भण्डारी लगाएतले वोल्नु भएको थियो ।
कार्यक्रमको वारेमा केन्द्रका महासचिव सुरेन्द्र वावु तिवारीले गर्नु भएको थियो । अध्ययन केन्द्र कास्कीका अध्यक्ष शिवनाथ सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका स्वागत मन्तव्य उपाध्यक्ष विदुरमणी ढुंगानाले गर्नुका साथै सञ्चालन सचिव श्रीराम कडेंलले गर्नु भएको थियो ।