सृजना र स्वरहरु-Ninety Minutes कार्यक्रम राजधानीको कौटिल्य स्कूलमा सम्पन्न

0
697

दियालो साहित्य सरगमू को चारौँ झरा अन्तरगत सृजना र स्वरहरु-Ninety Minutes  कार्यक्रम   राजधानीको तीनकुने स्थित कौटिल्य स्कूलमा सम्पन्न भएको छ । संस्थाकी संस्थापक अध्यक्ष शान्ति शर्मा ज्यूको सभापतित्त्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि ज्ञानुवाकर पौडेल ज्यू लगायत विशेष अतिथि प्राज्ञ डा नन्दुप्रसाद उप्रेती ज्यू रहनुभएको थियो भने बरिष्ठ संगीतकार राजु सिं ज्यू र रेडियोकर्मी रमेश पौडेल ज्यू अतिथिको भूमिकामा रहनुभएको थियो । कार्यक्रम सञ्चालन संस्थाकै सचिव विष्णु थापाले संचालन गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष एवं छन्द कवि गणेशप्रसाद खतिवडा ज्यूले छन्द श्लोक वाचन गर्दै आमन्त्रित सम्पूर्ण सर्जकहरूमा स्वागत मन्तव्य राख्नुभएको  थियो । कार्यक्रममा उपस्थित सर्जकहरूनै मूल्याङ्कनकर्ता हुन् भन्ने मान्यताका साथ थालनी गरिएको सो कार्यक्रमको मूल्याङ्कन पनि उपस्थित दर्शक दीर्घाबाटै भोटिङ्ग सिस्टममा गरिएको थियो जस मध्ये उत्कृष्ट रचनाका सर्जक ए पि सुमन पुरस्कृत हुनुभएको थियो।  कार्यक्रममा ४० जना सर्जकहरुले रचना वाचन  गरेका थिए ।