पोखरामा २ करोड ५० लाख भन्दा बढी रकम ठगिन सरिता कुमारी रानाले

0
1298

परिवार लण्डनमा भएको आश्वासन दिएर पोखरा महानगरका बिभिन्न  चिनेजानेका ब्यक्ति संग  पैसा ठगी गरेर फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ बडिगार्ड गाउँपालिका ८ घर भई पोखरा २६ अर्घौं बस्ने ४२ बर्षकी सरिता कुमारी रानालाई प्रहरीले काठमाण्डौंको दरबारमार्गबाट  पक्राउ गरेको हो ।
रानाले घर जग्गा खरिद गर्न, जग्गासँग घर साटी दिने जस्ता बिभिन्न प्रलोभन देखाउने र आफूलाई आपत पर्यो भनेर २ करोड ५० लाख भन्दा बढी रकम ठगी गरेको  कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले पोखरा पोष्टलाई जानकारी दिए  ।
पीडितहरुको मौखिक तथा लिखित  उजुरीका आधारमा प्रहरीले खोजी गरेको थियो ।  ति महिलालाई उच्च अदालतबाट म्याद थप गरि बैकिङ्ग कसुर मुद्या अन्र्तगत  अनुसन्धान अघि बढाईएको छ ।
उनले उच्च महत्वकांक्षा राख्दै , फ्ल्याट भाडामा लिएर काम गर्ने मान्छे राख्ने तथा प्राइभेट कार र चालक राखेको प्रहरी अनुसन्धानमा खुलेको छ ।  उनले परिवार लण्डनमा रहेको आश्वासन दिएता पनि  उनको कोही पनि लण्डनमा नरहेको प्रहरीले जनाएको छ ।