सभामुख महराले ‘पेलेरै’ चिकित्सा शिक्षा विधेयक पारित गराए

0
1054

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गर्दागर्दै पनि मर्यादापालकको ‘स्कर्टिङ’मा रोष्ट्रम पुगेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक निर्णयार्थ संसदसमक्ष पेस गरेका थिए।

कांग्रेसले विरोध गरिरहँदा पनि सभामुख कृष्णबहादुर महराले छलफलको प्रक्रिया अघि बढाए। छलफलमा सांसहदरुले भाग नलिई महराले विधेयकलाई निर्णयार्थ पेस गरे।

प्रतिपक्षले अवरोध गरिरहेको समयमा सदनको कामकारबाही अघि नबढाउने परम्परा विपरीत सभामुख महराले विधेयक पारित गराएका हुन्।

योसँगै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ऐन बन्ने प्रक्रियामा गएको छ। राष्ट्रपतिले प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित भएपछि ऐन लागू हुनेछ।