कांग्रेस सांसद्को अवरोधका कारण राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
गत शुक्रबार संघीय संसदकाे प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ राष्ट्रियसभामा आज पेस हुने कार्यसूची छ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसदले उठेर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
विधेयक राष्ट्रियसभाबाट पनि पारित भएमा र साेपश्चात् राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै ऐनका रुपमा लागू हुनेछ।