प्रहरी हिरासत भित्रै नेविसंघको धर्ना,

0
830

काठमाडौं । बालुवाटारबाट पक्राउ परेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता प्रहरीले हिरासतमा राखेको नेपाल पुलिस क्ल्ब भित्रै धर्नामा बसेका छन् । सत्य र न्यायका निम्ति पुलिस क्ल्ब भित्रै धर्नामा बसेको भन्दै विद्यार्थी नेता निरन्जन थापाले फेसबुकमा फोटो पोस्ट गरेका छन् ।बालुवाटारबाट निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

सरकारबिरुद्धको प्रदर्शनमा रहेका नेविसंघका नेता कार्यकर्ताहरुलाई प्रहरीले मंगलबार १ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट पक्राउ गरेर पुलिस क्ल्ब पुर्याएको थियो ।