काठमाडौं,नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सिंहदरबारको मूल गेट अगाडी सरकार बिरुद्धका नारा लेखिएको बेलुन उडाउँदै प्रदर्शन गरेको छ ।
सरकारविरुद्धको आन्दोलनलाई जारी राखेको नेविसंघले शुक्रबार निशेधित क्षेत्र तोकिएको सिंहदरबारको मूल गेट अगाडी सरकार बिरुद्धको नारा लेखएको बेलुन उडाउदै सरकारको बिरोध गरेको हो ।
प्रदर्शनका क्रममा उनीहरुले माफिया सरकार मुर्दाबाद, निर्मलालाई न्याय दे, डा केसीका माग पुरा गर लगायतका नारा लेखिएका बेलुन सिंहदरबारको मूल गेटबाटै उडाएका थिए ।
माउ पार्टी कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठकबाट सरकारले चिकित्सा शिक्षा विधेयक पेलेरै पारित गरेको तथा निर्मला पन्त हत्या प्रकरणका दोषीलाई सरकारले नै संरक्षण गरेको लगायतका माग सहित नेविसंघ आन्दोलित हुँदै आएको छ ।
नेविसंघ केन्द्रिय सदस्य शुशिल भट्टको नेतृत्वमा भएको सो प्रदर्शनमा केन्द्रीय सदस्यहरु जानुका पन्त, पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा, विद्यार्थी नेताहरु निरन्जन थापा, सुवास घिमिरे, सन्तोष गुरुङ, मंगल गुरुङ, सुदिप अधिकारी, विजय ढुङ्गाना, सुसान्त आचार्य सहित सहभागी थिए ।
उनीहरुले गेट अगाडिको सालिक नजिक पुगेर सरकारविरोधी नारावाजी गर्दे बेलुन उडाएका थिए । निषेधित क्षेत्रमा प्रदर्शन हुँदा समेत प्रहरी भने आधा घण्टा पछि मात्रै आइपुगेको थियो ।
यसअघि नेविसंघको टोलीले गत मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र तोडेर सरकारविरुद्ध सिठ्ठी फुक्दै प्रदर्शन गरेको थियो भने गत शनिबार स्वीट्जरल्याण्डबाट स्वदेश फर्किएका प्रधानमन्त्री केपी ओलीलाई त्रिभुवन विमानस्थलमै पुगेर कालो झण्डा देखाएका देखाएका थिए ।
नेविसंघले गत ८ माघबाट सरकार बिरुद्ध प्रदर्शन गर्दै आएको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.