सरकारका मुख्य प्राथमिकता सडक सञ्जाल र रेलमार्ग : मन्त्री महासेठ

0
1124

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले अबको ४ वर्ष सरकार नेपालमा मुख्य सडक कालोपत्रे र पूर्वपश्चिम रेलमार्गको बिस्तारमा केन्द्रित हुने बताउनु भएको छ ।
सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको शुक्रबार उद्घाटन गर्दै मन्त्री महासेठले प्रधानमन्त्रीकोे ‘संमृद्ध नेपाल र सुखी नेपाली’को सपना पूरा गर्न पूर्वाधार विकास, बाटो, रेलमार्ग निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । उहा“ले अबको ४ वर्षमा ६ देखि ८ हजार किलोमिटर कालोपत्रे सडक बनाउने लक्ष्य राखेको बताउनु भयो । उहाले मेचीको बाहुनडागी देखि डडेलधुराको रुपालसम्म १२०० किमि बाटो, १७९२ किमि हुलाकी राजमार्गका बाकी काम ४ वर्षमा पूरा हुने बताउनु भयो ।
‘पहिलो पटक प्रधानमन्त्री हुदा ओलीले तराईका सबै सदरमुकाम राजमार्गसंग चार लेन, छ लेनको सडक बनाउने उद्घोष गरे अनुसार अब केही पूरा हुन थालेका छन्’ मन्त्री महासेठले भन्नुभयो, ‘जनकपुर–जयनगरमा नया“ वर्षदेखि नेपाली रेल चल्छ ।’
उहाले पूर्वपश्चिम राजमार्ग शहरी क्षेत्रमा छ र खालीमा चार लेन बनाउने बुटवल पूर्व काम शुरु भैसकेको र यसैवर्ष डीपीआर तयार गरी आउदो वर्ष बुटवल पश्चिम पनि बन्ने र का“कडभिट्टा देखि गडडाचौकी सम्म रेलमार्गको डीपीआर तयार भैसकेको अर्को वर्षदेखि ५ ठाउबाट विद्युतीय रेलमार्ग बनाउन शुरु गरिने बताउनु भयो ।
२७.८ किलोमिटर सडकलाई चार लेनको बनाउन माग
टीकापुर महोत्सव आयोजकका तर्फबाट टीकापुर उद्योग वाणिज्य संघका तर्फबाट लम्की–टीकापुर–खक्रौला २७.८ किलोमिटर सडकलाई चार लेनको बनाउन माग राखिएको छ । मन्त्री महासेठले बर्तमान सरकारको सीमा नाका व्यवस्थित गर्ने नीति रहेको र टीकापुर नेपाल भारतको व्यापारिक नाकाका रुपमा विकास भैरहेकाले बाटो आवश्यक भएको बताउनु भयो । उहाले लम्की–टीकापुर–खक्रौला सडक ४ लेन सडक बनाउने प्रतिवद्धता जनाउदै टीकापुर डुडेझारी सडक कालोपत्रे गर्ने, कर्णाली नदीको सनकट्टिमा पुलका लागि बजेट छुट्टयाउने आश्वासन दिनु भएको छ । उहाले तीनै तहमा सरकार मिलेर जनताका सबै माग पूरा गर्न सकिने तर विपक्षी दलले राजनीतिका लागि सरकारको विरोध गरे पनि विकासका लागि विारेध गर्न नहुने बताउनु भयो । टीकापुरमा राजनीति भन्दा विकासको माहोल रहेकाले माग पूरा हुने बताउनु भयो ।
नेपाली कागे्रस सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सन्कट्टीमा पुल बनाउन प्रदेश सरकारबाट डीपीआर भैरहेकोले पुल बनाउन संघीय सरकारले बजेट दिनुपर्ने बताउनु भयो । यसैगरी भारतीय हिन्दू धर्मावलम्वीको कैलाश मार्गको रुपमा प्रयोग हुने सेती लोकमार्ग सुदूरपश्चिमका सबै पहाडी जिल्लाका लागि जरुरी रहेकाले छिटो बनाउन आग्रह गर्नुभयो ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले महोत्सवको मञ्च जनप्रतिनिधिहरु नभएको बेलादेखि नै साझा मञ्चको रुपमा प्रयोग गरिदै आएको बताउदै यसपाली खक्रौला–ताक्लाकोट बाटो र कैलाली बर्दिया जोडन कर्णाली सनकट्टि र दौलतपुरमा पुल हुनुपर्ने माग गर्नुभयो । पूर्व सभासद हरिलाल ज्ञवालीले जनप्रतिनिधि लागिरहदा पनि सरकारको दृष्टि नपुग्दा विकास नहुने भएकाले मन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।
नेपाल कम्यूनिष्ट पार्टीका नेता सूर्यचन्द्र भट्टराईले अहिलेको सरकारले केही गर्छ भन्नेमा आशा देखाएको भन्दै यहाका जनप्रतिनिधिहरु पनि खुट्टा तान्ने प्रवृतिमा नलागी हातेमालो गरेर अघि बढ्न सुझाव दिनुभयो ।
नेपाली कागे्रस कैलाली क्षेत्र नम्बर १ का सभापति भुवनेश्वर अधिकारीले टीकापुर उद्योग वाणिज्य संघले २०६५ देखि महोत्सवका माध्यमबाट विकासका योजना माग पूरा गर्दै आएको छ । संघीय सरकारका मन्त्रीले आश्वासन दिएपनि साच्चिकै माग पूरा गर्न स्थानीय जनप्रतिनिधिहरु नागरिकलाई विश्वासमा लिएर काम गर्नुपर्ने बताउनु भयो ।
टीकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पूर्व अध्यक्ष नवराज रावलले खक्रौला भन्सार भैसकेकाले बाटो ४ लेनको हुन जरुरी रहेको बताउनुभयो । महोत्सवको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य उमादेवी वादी, शिक्षा क्षेत्रबाट डाक्टर जगतबहादुरसिंह रावल, अन्तराष्ट्रिय प्रशिक्षक अर्जुन ठकुल्ला, व्यवसायी बाबुराम चौधरी, कलाकार भवानी रेग्मी, कृषक रामबहादुर कुवरलाई सम्मान गरिएको छ ।
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष परशुराम चपाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव रामबहादुर भण्डारीले गर्नुभएको थियो ।