हेटौँडा,वीउको अनधिकृतरुपमा हुँदै आएको व्यवसाय रोक्न आग्रह गरिएको छ ।
नेपाल वीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको शुक्रबार हेटौँडामा भएको तेश्रो वार्षिक साधारणको अवसरमा यस्तो आग्रह गरिएको हो ।
कार्यक्रममा संघका केन्द्रीय सचिव विश्वराज बानियाँलले बीउ संवेदनशील वस्तु भएकोले बीउको व्यवस्थापन र हस्तान्तरणमा सचेतता अपनाउनुपर्ने बताउनुभयो ।
संघका मकवानपुर अध्यक्ष हरिशरण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, संघका सचिव रमेश अर्याल, सदस्यहरु प्रकाश अधिकारी, पुरुषोत्तम अधिकारी र फणिन्द्र सुवेदीले गुणस्तरहीन बीउ बिक्री हुने गरेकोले नियमनसँगै व्यवसायीलाई मुनाफामुखीमात्र नहुन आग्रह गर्नुभयो । साधारणसभाले वीउ व्यवसायी संघ र नेपाल विषादी व्यवसायी संघ गाभिएर एउटै संघ बनाउन प्रस्ताव पारित गर्दै केन्द्रलाई आग्रह गर्ने निर्णय गरेको छ । साथै साधारणसभाले संघका सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरेको थियो ।