लायन्स क्लब अफ पोखरा पिस टाउनको आयोजना तथा पोखरा डाइविटिज एण्ड थाइराइड सेन्टर र बिध्याज डाइट एण्ड फिटनेसको प्राबिधिक सहयोगमा पोखरा- १३, कुँडहर, बिपि मार्गमा मधुमेह, मृगौला र मोटोपना सम्बन्धि निशुल्क जाँच तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष डा. बिनिता कोइराला शर्माको अध्यक्षता भएको कार्यक्रमको सन्चालन सचिब
सीता तिमिल्सिना सुबेदिले गर्नुभएको थियो। पोखरा डाइविटिज एण्ड थाइराइड सेन्टरका डाइटियन तथा बिध्याज डाइट एण्ड फिटनेसकि सन्चालिका बिध्या कायस्थले मधुमेह तथा मोटोपना सम्बन्धी सचेतना गर्नुभएको थियो भने जनप्रीय बहुमुखी क्याम्पसका बिएस्सी माइक्रोबाइलोजी चौथो बर्षका बिध्यार्थिहरुले सहजीकरण गरेका थिए।
स्थानिय बिपि मार्ग आमा समुहका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा करिब १५० जनाले मधुमेह र मृगौला सम्बन्धी रगत जाँच तथा बिशेष मेसिनबाट शरीरको मोटोपन तथा बोसोपन जाँच गरेको कार्यक्रममा सम्योजक सीता कोईरालाले जानकारी दिनुभयो।