नेपाली काँग्रेस कास्कीले पोखरामा शनिवार पक्राउ गरिएका नेपाल बिद्यार्थी संघका नेताहरुलाई तत्काल रिहाई नगरे कडा आान्दोलनमा उत्रने जनाएको छ । शनिवार पोखरामा भएको विरोध प्रदर्शनका क्रममा विद्यार्थी नेताहरु लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा विद्यार्थी नेताहरुलाई रिहाई नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिइएको छ । प्रदर्शनमा उत्रेका विद्यार्थीलाई गिरफ्तार गरिएको घटनाको घोर भत्सर्ना गर्दै तत्काल ससम्मान रिहाई गर्न कास्की काँग्रेसले माग गरेको छ ।