पोखरा- विद्यार्थी रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका कास्की कांग्रेस नेत्रि कोषाध्यक्ष लक्ष्मी पाण्डे सहित ७ जना पक्राउ पोखरामा पक्राउ परेका छन् । नेविसंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुरुप आफ्ना नेविसंघ बिद्यार्थी परशुराम बस्नेत ,डीफान भुजेल ,प्रविण पौडेल लाई बिना सर्त रिहाईको माग गर्दै बिहीबार पोखरा महानगर पालिकामा धर्ना दिन गएका उनिहरुलाई काम कार्यमा बाधा पुर्याउन खोजेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए। पक्राउ पर्नेमा कास्की कांग्रेस कोशाध्यक्ष लक्ष्मी पाण्डे , केन्द्रीय सदस्य शंकर घिमिरे,भानु ढकाल बिन्दुबासिनी संस्कृत क्याम्पस (बगर) सभापति कमल पौडेल, नेपाली कांग्रेस वडा ०९ का सभापति उमा ठकुरी ,विद्यार्थी नेता प्रकाश भट्टराई, सागर अधिकारी, रहेका छन् । पक्राउ पर्नेहरु माथि थप अनुसन्धान भइरहेको डिएसपी गुरुङले बताए। सार्वजनिक बिदाका दिन चलाइएको भन्दै गएको शनिबार माघ १९ गते पोखरा महानगर शिक्षा शाखाको गाडी जलाएको आरोप नेविसंघ माथि लागेको छ | कास्की कांग्रेस नेत्रि पाण्डेले कम्युनिष्ट सरकारले नेविसंघलाई फसाउन हाम्रो कार्यक्रममा घुसपैठ गराई प्रपन्च रचेको सरकार प्रति आरोप लगाउनु भएको छ | संस्कृत सभापति कमल पौडेलले भने हाम्रा साथीहरुलाई बिना सर्त रिहाई नगरे हामीले सार्वजनिक गरेका कार्यक्रममा अझै सशक्त लाग्ने बताउनु भयो | बिधार्थी माथि दमन गर्ने प्रहरीलाई निर्मलाका हत्यारा पत्ता लगाउन आफ्नो शक्ति खर्च गर्न आग्रह गर्नु भयो | सुनलाई तामा बनाउने प्रहरीले शान्ति पूर्ण आन्दोलनमा धरपकड गर्न नसुहाउने उहाको तर्क रहेको थियो |
आन्दोलनको नेतृत्व नेविसंघ केन्द्रिय महामन्त्री कुन्दनराज काफ्ले, महामन्त्री आनन्दराज त्रिपाठी र नेविसंघ केन्द्रिय उपाध्यक्ष डिल्ली राम सुवेदीले लिएका थिए । | केहि विद्यार्थी माथि धरपकड भए पनि पुन ले कोण सभा गरि कम्युनिष्ट सरकारको चर्को आलोचना गरेका थिए | नेबिसंघ उपाध्यक्ष डिल्लीराम शर्माले नेविसंघ का विद्यार्थी माथि राजनैतिक प्रतिसोधको आधारमा मिथ्या आरोप लगाएको बताउनु भएको थियो |