पत्रकार महासंघको पोखरामा हुन लागेको साधारण सभा तथा बिधान अधिबेशनको तयारी तीब्र

0
1514

सरिता तिम्सिना पगेनी
पोखरा ।  नेपाल पत्रकार महासंघको आगामी फागुन ९ र १० गते पोखरामा हुन लागेको साधारण सभा तथा बिधान अधिबेशनको तयारी तीब्र पारिएको छ ।शनिबार नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरामा बिधान अधिबेशनको  तयारी भेला तथा पारिवारिक वनभोज कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिब रमेश बिष्टले बिधान अधिबेशनमा प्रतक्ष्य निर्बाचन प्रणाली,सदस्यता शुद्धिकरण तथा  प्रेस मैत्री कानुन निर्माण  लगाएतका महत्वपुर्ण  बिषयमा  छलफल हुने बताए । महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले अधिबेशन सफल पार्न  कास्कीका पत्रकारले बिभिन्न उपसमिति गठन गरेर  तयारी लाई तीब्र पारेको भन्दै अधिबेशन सभ्य र भब्य हुनेमा आफु बिश्वस्त रहेको बताए ।देशैभरका १५ सय बढि पत्रकारहरुको जमघटले  पोखराको पर्यटन प्रर्बद्धनमा समेत सघाउ पुग्ने उनको भनाई थियो । महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले बिधान अधिबेशन  सफल बनाउने दायित्व कास्कीको पत्रकारको रहेकोले सबैले जिम्मेवारपुर्ण तरिकाले काम गर्न आग्रह गरे ।कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बिधान अधिबेशन पोखरामा हुनु गौरवको बिषय रहेको भन्दै कार्यकमलाई सफल बनाउन शाखा लागिपरेको बताए । कार्यक्रममा  कास्कीका बिभिन्न संचार माध्यममा आबद्ध पत्रकार र पत्रकारका परिवारको समेत उपस्थिति रहेको थियो ।