सरस्वती पुजाको अवसरमा सम्मान

0
1177

सरस्वती मन्दिर संरक्षण समिती, तेर्सापट्टी, पोखरा-३ ले सरस्वती पुजाको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। समितीका अध्यक्ष मनोज शिल्पकारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सरस्वती मन्दिरको पुजा तथा ब्यबस्थापनमा ५० बर्ष देखि निरन्तर समर्पित रहि विषिष्ट योगदान पुर्याउनु भए बापत पोखरा महानगरपालिका, वडा न. ३  निवासी खेमलाल ताम्राकार (कान्छा बा) ज्युलाइ सम्मान गरिएको छ।
सो अवसरमा समाजसेवी डिल्लिराज राजभण्डारीले समिती गरेको कार्यलाइ सह्रानिय भन्नुहुदै सामाजिक कार्यमा आफ्नो हरकिसिमको सहयोग रहने बताउनुभयो। मन्तब्यकै क्रममा भिन्तुना युवा क्लब, तेर्सापट्टिका अध्यक्ष राजन श्रेष्ठले स्थानिय मठ-मन्दिर तथा पार्टी पौवाको संरक्षणमा वडाको बिशेष भुमिका हुनुपर्ने र क्लब यस्ता सामाजिक कार्यमा सहयोगीको भुमिकामा तयार रहेको बताउनुभयो। समितिका सचिब निरज कायस्थले सम्मानित ब्यक्तित्वका बारेमा प्रकाश पार्नुहुदै तेर्सापट्टी स्थित सरस्वती मन्दिरको परापुर्ब कालदेखी विशेष महत्त्व रहेको बताउनुभयो।