प्रेस युनियन कास्कीको नवनिर्वाचित पदाधिकारीको पदस्थापन

0
769
g]kfn k|]; o'lgog sf:sLsf] gjf}+ lhNnf clwj]zgaf6 gjlgjf{lrt cWoIf gjLg l;Ub]nnfO{ k|df0fkq k|bfg ub}{ k"j{dGqL o1axfb'/ yfkf / sfFu|]; g]tf z'qm/fh zdf{ . t:jL/M jf;'b]j kf}8]n, kf]v/f, /f;;

पोखरा, नेपाल प्रेस युनियन कास्कीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमिति, केन्द्रीय पार्षद र प्रदेश पार्षदको आज पदस्थापन गरिएको छ । नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक विष्णुप्रसाद शर्माले पद तथा गोपनीयताको शपथ गराउनुभयो भने नेपाली काङ्ग्रेसका नेता शुक्रराज शर्मा र पूर्वमन्त्री यज्ञबहादुर थापाले प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा नेता शर्माले लोकतन्त्रको आन्दोलनमा प्रेस जगतको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै लोकतन्त्रको संरक्षणमा पनि उत्तिकै भूमिका अपरिहार्य रहेको उल्ल्ेख गर्नुभयो । पूर्वमन्त्री यज्ञबहादुर थापाले सञ्चार क्षेत्र र लोकतन्त्र एकापसमा परिपूरक भएको बताउँदै प्रेस युनियन सम्बद्ध पत्रकारहरू राज्य र समाजले आशा एवं विश्वास गर्ने किसिमको हुनुपर्नेमा जोड दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीले पत्रकारको हकहितमा समितिले विभिन्न महत्वपूर्ण निर्णय गरेको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयनमा युनियनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष नवीन सिग्देलले युनियनमा कोही कसैलाई काखापाखा नगरी सङ्गठनलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । ट्रेड युनियन काङ्ग्रेसका पूर्व वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्वसांसद शारदा पौडेल, नेपाल ट्रेड युनियन काङ्ग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, युनियनका निवर्तमान अध्यक्ष शिरोमणि बराललगायतले प्रेस युनियनको महत्व र भूमिकालगायतमा आ–आफ्ना धारणा राख्नुभयो ।

युनियनको यही फागुन ११ गते सम्पन्न जिल्ला अधिवेशनले नवीन सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।